बागलुङमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान प्रकाउ

बाग्लुङ | मंसिर १७, २०८०

बागलुङमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान प्रकाउ

बागलुङ:   बागलुङमा श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा जिल्लाको बागलुङ नगरपालिका–१३ सल्यान बस्ने हरि सिंह नेपालीलाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।


५० वर्षीया श्रीमती सितली शाहीको हत्या आरोपमा जिल्ला जिल्ला प्रहरी कार्यालय बागलुङले नेपालीलाई आईतबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) मदन केसीले बताए । उनले शाहीको टाउँको र दायाँ खुट्टामा गम्भिर चोट लागेको अवस्थामा श्रीमान र स्थानीयहरुले धौलागिरी अस्पताल बागलुङमा ल्याएको ल्याएको बताए ।


‘वडाअध्यक्ष नारायणप्रसाद पौडेलले इलाका प्रहरी कार्यालय बलेवामा खबर गरेपछि प्रहरी सँगै गम्भिर घाईते शाहीलाई अस्पताल ल्याइपु¥याएको थियो,’ डिएसपि केसीले भने,‘शाहीलाई धौलागिरी अस्पताल बागलुङले मृत्त घोषणा गरेको छ । प्रारम्भिक अनुसन्धान र स्थानीयहरुले श्रीमानको कुटपिटबाट हत्या भएको हुनसक्ने बयान दिएपछि नेपालीलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छौं ।’


श्रीमान नेपालीले लडेर घाईते भएको बयान दिएपनि घटनाको प्रारम्भिक अनुसन्धानले कुटपिटबाटै हत्या भएको देखिएको डिएसपि केसीले बताए । घट्नाबारे अनुसन्धान सुरु भएको र अहिले नै सबै कुरा खुलिनसकेको प्रहरी भनाइ छ । नेपालीलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको डिएसपि केसिले जानकारी दिए ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्